थप एक कोरोना सङ्क्रमितको मृत्यु

३ बर्ष अगाडि

काठमाडौं - थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत् गोदावरी नगरपलिका-२ का ७० वर्षीय संक्रमित पुरुषको आज बिहान ७ बजे मृत्यु भएको हो।

अस्पतालका अनुसार फागुन ३ गते भर्ना भएका ती पुरुषमा कडा खालको निमोनिया देखिएको थियो । 

अस्पतालको कोरोना विशेष भवनमा थप एक जना कोरोना सङ्क्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । बेदकोट नगरपालिका-७ का ५० वर्षीय पुरुष भेन्टिलेटरमा उपचाररत् रहेको अस्पतालले जनाएको छ । 

अहिले प्रादेशिक अस्पतालको ५० शैयाको कोरोना विशेष भवनमा बाँकी सबै बेड खाली छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया