पछिल्लो २४ घण्टामा १ सय २५ जनामा संक्रमित थपिए, ९० जना संक्रमणमुक्त

३ बर्ष अगाडि

काठमाडौं-  नेपालमा पछिल्लो २४ घण्टामा १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गएको २४ घण्टामा ३ हजार ६ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ४३ हजार ३ सय १५ पुगेको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। 

सोही अवधीभर ९० जना उपचारपछि संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया