सर्वोच्चको फैसला आउनु अघि सुरक्षा परिषद्को बैठक, मन्त्रिपरिषद् बैठक पनि आजै

फागुन ११, २०७७ | आजको अर्थ
ajaako_artha

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । 

मंगलबार बिहान ९ बजे बस्नेगरी परिषद् बैठक परिषदका सदस्यसमेत रहेका स्रोतले बताएको छ । 

स्रोतका अनुसार प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा परेको रिटको फैसलालाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको बुझिएको छ । सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्धको फैसला एकदुई दिनभित्रै सुनाउने तयारी गरेको बताइएको छ ।

परिषद्का अध्यक्ष प्रधानमन्त्री तथा सदस्यहरुमा परराष्ट्रमन्त्री,अर्थमन्त्री, गृहमन्त्री र प्रधानसेनापति पूर्णचन्द्र थापा र मुख्यसचिव सदस्यका रुपमा रहेका छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ। सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८