कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ करोड ९५ लाख नाघ्यो, सक्रिय संक्रमित कति

३ बर्ष अगाडि

काठमाडौँ - विश्वभर कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ८ करोड ९५ लाखभन्दा बढि पुगेको छ । 

पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ८ करोड ९५ लाख १९ हजार ५२३ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४ लाख १८ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ३९ लाख ६१ हजार ४०५ पुगेको छ । होम आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १९ लाख १३ हजार ८०६ छ । यसमध्ये ९१ हजार ४१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ३३६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख २८ हजार ३६ पुगेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया