मुकेश अम्बानी माथि धम्की, विस्फोटक पदार्थको जिम्मा जैश–उलले लियो !

३ बर्ष अगाडि

रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको घर बाहिर राखिएको विस्फोटक पदार्थको जिम्बेवारी  जैश–उल हिन्द नामको एक सङ्गठनले लिएको छ ।

३ दिन अघि  अम्बानीको घर बाहिर विस्फोटकै पदार्थले भरिएको गाडी आफले राखेको सङ्गठनले टेलिग्राम एपमार्फत जिम्मेवारी लिएको हो । केही दिन अघि यसै सङ्गठनले दिल्लीमा इजरायल  दूतावास बाहिर भएको विस्फोटको जिम्मेवारी लिएको थियो  । यो संगठनको तर्फबाट बहराइनसँग पैसाको माग पनि गरेको थियो ।

 https://ajakoartha.com/story/45678 अम्बानी माथि निशाना :‘मुकेश दाइ..यो त ट्रेलर मात्रै थियो,परिवारलाई उडाउने बन्दोबस्त भइसक्यो' !

सङ्गठनले एक मेसेजमार्फत अनुसन्धान एजेन्सीलाई समेत चुनौती दिएको छ । मेसेजमा लेखिएका छ, ‘रोक्न सक्छ भने रोक । जब हामीले तिम्रो नाकै अगाडि दिल्लीमा तिमीहरूलाई हिट गर्दा तिमीहरूले केही गर्न सकेका थिएनौ । तिमीहरूले मोसादसँग हात मिलायौं तर केही पनि भएन । तिमीहरू नराम्रोसँग फेल भयौ र पछि पनि तिमीहरूले सफलता पाउने छैनौ ।’

मेसेजको अन्त्यमा लेखिएको छ, ‘९अम्बानीका लागी० तिमीलाई थाहा छ, तिमीहरूले के गर्नुपर्छ । तिमीहरूलाई पहिले जे भनिएको छ, मात्र त्यो पैसा ट्रान्सफर गर ।’

 

३ बर्ष अगाडि

प्रतिक्रिया