पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु

३ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या  दुई लाख ७४ हजार दुई सय १६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ६४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितमध्ये दुई लाख ७० हजार चार सय ७१ जना निको भएका छन् । 

सोही अवधीभर तीन हजार ४९ जनामा पीसीआर परीक्षण गरिएको छ । 

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । थपिएका तीन जनासहित नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार सात सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा नौ सय ६८ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया