स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा ९ सय ३२ मृतक थपिए

३ बर्ष अगाडि

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे  संख्या ३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाले व्यवस्थापन गरेको शव सहितको मृतकको तथ्यांक थप गरे संगै मृतकको संख्या ३ हजार १० पुगेको हो ।

आज मन्त्रालयले संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ सय ३२ जना पुष्टी गरेको छ ।

 पछिल्लो २४ घण्टामा ८७ जना संक्रमित थपिएका छन् ।३ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ८७ जनामा संक्रमण देखिएको हो ।देशभर २ लाख ७० हजार ६ सय ५ जनाले संक्रमण मुक्त भएका छन् ।

देशभर ७ सय ६६ जना संक्रिय संक्रमित छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया