स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड बढि निकासा गर्दै अर्थ मन्त्रालय

३ बर्ष अगाडि

काठमाडौं - अर्थ मन्त्रालयले स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड बढि अनुदान निकासा गर्ने भएको छ । 

मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ ससर्त अनुदानका रूपमा निकासा गर्ने भएको हो  । 

वडास्तरीय स्वास्थ्य सेवा केन्द्रका निर्माणाधीन भवनको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृति दिइएको बताइएको छ । 

स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्थाहरू निर्माणाधीन रहेका छन् ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये यसअघि २ अर्ब ६९ करोड रुपैयाँ निकासा भइसकेको छ । 

अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो । 

सोहीअनुसार गत मंसिर १५ गते ३ सय ८ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया