कारोबारको पहिलो घण्टामै नेप्सेमा हरियाली,कारोबार रकम भने साढे १ अर्ब नजिक

३ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम दिन(बिहीबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा हरियाली छाएको छ ।

कारोबारको पहिलो घण्टामा परिसुचक ६०.२३ अंकले बढेर २४७६.२४ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक १ घण्टाको अवधीमा २.४९ प्रतिशतले बढेको छ । 

सेन्सेटिभ पनि ९.१३ अंकले बढेर ४४५.९३ को बिन्दुमा पुगेको छ । 

कारोबारका १३ उपसमुहमध्ये म्युच्अल फण्डे ओरालो लागेको छ भने बाँकी उपसमुहमा हरियाली छाएको छ ।

एक घण्टाको अवधीमा कारोबारमा आएका १९५ कम्पनीको २२ लाख ८० हजार २४४ कित्ता शेयर १५ हजार १७५ पटक खरिद बिक्री हुँदा १ अर्ब ४३ करोड ४८ लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया