ताजमहलमा बम रहेको भन्दै अफवाह फैलाउने एक व्यक्ति पक्राउ

३ बर्ष अगाडि

भारतको प्रमुख पर्यटकीय स्थल ताजमहलमा  बम रहेको भनेर हल्ला फैलाउने एक जना पक्राउ परेका छन् । 

प्रहरीले गलत सूचना दिने ती व्यक्तिलाई फिरोजाबादबाट गिरफ्तार गरिएको बताएको छ । प्रहरीले ती व्यक्तिको नाम भने खुलाएको छैन । बम राखिएको हल्लाले ताजमहल केहि समयका लागि बन्द गरिएको थियो ।

त्यहाँस्थित उत्तर प्रदेशको प्रहरीलाई बिहान एक व्यक्तिले ताजमहलमा बम राखिएको सूचना दिएका थिए । ती व्यक्तिले प्रहरी हेल्पलाइनमा फोन गरी पर्यटकहरुलाई ताजमहलबाट निकाल्न भनेका थिए । सूचनापछि जाँच गर्दा त्यहाँ बम नभेटिएपछि पुनः ताजमहल खुला गरिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया