नेप्सेमा उछाल ९०.६७ बढ्यो परिसुचक, कारोबार रकम भने ६ अर्ब माथि

३ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्चमा नयाँ उछाल आएको छ । केही दिन यता लगातार ओरालो लागेको नेप्से परिसुचक आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ९०.६७ अंकले बढेर २५०६.६८ को बिन्दुमा पुगेको छ । 

आज २४१६.०१ को बिन्दुबाट सुरु भएको परिसुचक कारोबार सुरु भएको ४ घण्टाको अवधीमा ३.७५ प्रतिशतले बढेको हो । 

सेन्सेटिभ परिसुचक पनि १४.६७ अंकले बढेर ४५१.४६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । अन्तिम समयसम्म कारोबारमा आएका सबै उपसमुह उकालो लागेका छन् ।

अन्तिम समयसम्म कारोबारमा आएका २०६ कम्पनीको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर ६५ हजार १७४ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ५ करोड ८१ लाख रुपैंया बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका कम्पनीमध्ये नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५३ करोड २३ लाख ९० हजार रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया