१०७ जनामा कोरोना संक्रमण पुष्टी

३ बर्ष अगाडि

नेपालमा  पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  ५५ सय ३६ स्वाब नमूना परीक्षण गराउँदा १०७ जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ।  

यस्तै बिहीबार थप ७८ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७० हजार ६८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने ७९५ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार कोरोनाबाट  मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

यस्तै अहिले ५७ जना क्वारेन्टिन र ७९५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया