२ सय २५ सांसद सहित ९ सय ७२ले लगाए कोरोना खोप

३ बर्ष अगाडि


कोरोना भाइरस बिरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्रगर्त संघीय संसदका २ सय २५ जना सांसद सहित ९ सय ७२ जनाले भ्याक्सिन लगाएका छन् । प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा संघीय संसदका सांसद र कर्मचारीलाई स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा कोरोना विरुद्धको भ्याक्सिन दिइएको हो ।


नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा बुधबारदेखि शुरु भएको भ्याक्सिन दिने क्रममा आजसम्म २ सय २५ सांसद, ७ सय ४७ कर्मचारीले भ्याक्सिन लगाएका हुन् ।  

आज ६० जना सांसद, स्वकिय सचिव, कर्मचारी लगायत अन्य ४ सय ३० जना समेत गरी ४ सय ९० जना जनाले भ्याक्सिन लगाएको संघीय संसद सचिवालयले जनाएको छ ।  भोलि शुक्रबार पनि बाँकी रहेका संघीय संसदका सांसद तथा कर्मचारीलाई भ्याक्सिन दिइनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया