सिंगटी हाइड्रोले दोस्रो चरणको आइपिओ बिक्रीमा ल्याउँदै, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - सिंगटी हाइड्रो इनर्जी लिमिटेडले दोस्रो चरणको प्राथमिक शेयर निष्कासन गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि चैत ६ गतेबाट प्राथमिक शेयर जारी गर्ने भएको हो । 

कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्कासन गर्दै छ । कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्कासन गरेको थियो । 

जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामूहिक लगानीकोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरूका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपिओ बिक्री गरेको थियो । उक्त शेयरको बाँडफाँड समेत भइसकेको छ ।

कम्पनीको आइपीओमा छिटोमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा चैत २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।

आइपीओमा न्यनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया