रु रु जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

३ बर्ष अगाडि

काठमाडौं-  रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओमा आवेदन दिने आज (शुक्रबार) अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७ हजार ७०५ कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि फागुन ७ गतेदेखि खुला गरेको हो ।

स्थानिय बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको आयोजनाको शेयर बिक्री प्रबन्धकले जनाएको छ।

हाइड्रोपावर कम्पनीले एनएमबि क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

स्थानीयहरुले शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन्। यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछन्।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा रेटिङ्ग एजेन्सी इक्रा नेपाल कम्पनीलाई इक्राएनपी– आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित जनाउँछ।

३ बर्ष अगाडि

प्रतिक्रिया