साताको सेयर : नेप्सेमा ४७.४६ अंकको गिरावट, साताभर कुन दिन कतिको कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- यो साता नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंक घटेको छ । नेप्से परिसुचक साताको अन्तिम दिनसम्म आइपुग्दाँ ४७.४६ अंकले घटेको हो । गत साता २५५४.१४ को बिन्दुमा रहेको परिसुचक ४७.४६ अंकले घटेर यो साताको अन्तिम दिनसम्म आइपुग्दाँ २५०६.६८ को बिन्दुमा पुगेको हो । 

यो साताभरि ६ करोड ८९ लाख ७७ हजार ४४६ कित्ता शेयर ३ लाख ६० हजार १५४ पटक खरिद बिक्री भएको छ । साता भरि नेप्सेमा ३२ अर्ब ४८ करोड १ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

साताको पाँच दिन नेप्सेको कारोबार यस्तो रहेको छ ः

साताको पहिलो दिन(आइतबार) नेप्से परिसुचक ७९.७५ अंकले घटेर २४७४.३९ को बिन्दुमा पुगेको थियो । यो दिन नेप्सेमा २०७ कम्पनी कारोबारमा आएका थिए । कारोबारमा आएका उक्त कम्पनीको १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर ९६ हजार १५१ पटक खरिद बिक्री हुदाँ ८ अर्ब ३५ करोड ५२ लाख रुपैंया बरारको कारोबार भएको थियो ।

साताको दोस्रो दिन (सोमबार) नेप्से परिसुचकको कारोबार २४७४.३९ को बिन्दुबाट सुरु भएर ४०.६४ अंकले बढ्दै २५१५.०३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । उक्त दिन नेप्सेमा २०९ कम्पनी कारोबारमा आएका थिए । कारोबारमा आएका ती कम्पनीको १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता शेयर ७० हजार ३३९ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ६९ करोड २३ लाख  रुपैंया बराबरको कारोबार भएको थियो । 

साताको तेस्रो दिन (मंगलबार) नेप्से परिसुचक ५९.६९ अंकले ओरालो लागेर २४५५.२४ को बिन्दुमा पुगेको थियो । सो दिन नेप्सेमा २०८ वटा कम्पनी कारोबारमा आएका थिए । कारोबारमा आएका उक्त कम्पनीको १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर ६४ हजार ७८७ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ११ करोड ९६ लाख रुपैंया बराबरको भएको थियो ।

साताको चौथो दिन (बुधबार) नेप्से परिसुचक ३९.२३ अंकले ओरालो लागेको थियो । बुधबार २४५५.२४ को बिन्दुबाट सुरु भएको परिसुचक ३९ अंकले घटेर २४१६.०१ को बिन्दुमा पुगेको थियो । सो दिन २१२ कम्पनी कारोबारमा आएका थिए । कारोबारमा आएका कम्पनीहरुले १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर ६३ हजार ६७४ पटक खरिद बिक्री ६ अर्ब २५ करोड ४८ लाख रुपैंयामा कारोबार भएको थियो ।

यस्तै,कारोबारको अन्तिम दिन (बिहीबार) नेप्से परिसुचक ९० अंकले बढेको थियो । बिहीबार २४१६.०१ को बिन्दुबाट सुरु भएको कारोबार ९०.६७ अंकले बढेर २५०६.६८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । कारोबार आएका २०६ कम्पनीको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर ६५ हजार १७४ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ५ करोड ८१ लाख रुपैंया बराबरको कारोबार भएको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया