मेक्सिकोमा एकैदिनमा थपिए साढे ७ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित

३ बर्ष अगाडि

काठमाडौं- मेक्सिकोमा एकैदिनमा साढे ७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा मेक्सिकोमा ७ हजार ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकले यस्तो देखाएको हो ।

हाल मेक्सिकोमा कुल कोरोना संक्रमितको संख्या २१ लाख १२ हजार ५०८ पुगेको छ । 

यस्तै, मेक्सिकोमा पछिल्लो २४ घण्टामा ८ सय २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसंगै मेक्सिको कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १ लाख ८८ हजार ८६६ पुगेको छ ।

हालसम्म मेक्सिकोमा १६ लाख ५५ हजार ५४९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ लाख ६८ हजार ९३ रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया