न्यूजिल्याण्डमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

३ बर्ष अगाडि

न्यूजिल्याण्डमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहानै जिस्बन सहरबाट करिब १ सय ७८ किलोमिटरको दूरीमा पर्ने जमिनको भागलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो  । 

भूकम्प  साथै लगातार तीन वटा शक्तिशाली धक्का गएको पनि बताइएको छ ।तीन धक्कामध्ये एउटा ७ दशमलब ४ र अर्को ७ दशमलब २ म्याग्निच्युडका धक्का थिए । भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै समुद्री किनार नजिकैका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान भनिएको छ ।

समुद्री किनारका हजारौँ मानिसहरु सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् । भूकम्पको १२ घण्टापछि सुनामिको चेतावनी दिइएको हो । भूकम्पले गर्दा कतिपय स्थानमा भौतिक संरचनामा क्षति पुगेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया