विश्वमा कोरोनामुक्त हुनेको संख्या ९ करोड २२ लाख नाघ्यो

३ बर्ष अगाडि

काठमाडौँ -  विश्वभर कोरोना भाइरस जित्नेको संख्या ९ करोड २२ लाख नघेको छ ।  पछिल्लो २४ घण्टामा ३ लाख ७१ हजारभन्दा धेरै कोरोना संक्रमणमुक्त भएका छन् । 

योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ९ करोड २२ लाख ६० हजार २८५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ६६ लाख ५० हजार ७३८ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रमितको संख्या २ करोड १७ लाख ९९ हजार ३४७ छ । यसमध्ये ८९ हजार ४७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ४५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ९१ हजार १०६ पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया