एनसेलले ल्यायो डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस

२ बर्ष अगाडि

काठमाडौं– नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्ने भएका छन्  ।

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहककालागि ल्याएको यस आर्कषक डेटा योजना अन्तर्गत डेटा प्याकको खरिदमा उहि शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक रु ५० वा सो भन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सकिने छ । यो योजना अन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागु हुनेछ । ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै यो आकर्षक योजना चैत्र ३१ गते मङ्गलबार देखि संचालनमा आएको छ । 
 
डबल डेटा योजना अन्तर्गत ग्राहकले ३० दिन देखि १ दिन सम्मका विभिन्न डेटा प्याकहरुमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सकिने छ । यो आकर्षक योजना अन्तर्गत ग्राहकले रु ४९९ मा ३० दिन समयसिमा रहेको १० जीबी डेटा प्याकको खरिद मा थप १० जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । ग्राहकले यो योजना अन्तर्गत मात्र रु ४९९ मा २० जीबी (१० जीबी + १० जीबी) डेटाको मजा लिन सक्छन् । बोनस डेटा पनि ३० दिनको लागि मान्य रहने छ । त्यस्तै रु १३९ मा १४ दिन समयसिमा रहेको २ जीबी डेटा प्याकको खरिदमा ग्राहकले ४ जीबी डेटा भोलुम (२ जीबी + २ जीबी) को फाइदा लिन सक्छन् । 
 
त्यस्तै ३ दिन समयसिमा रहेको ४०० एमबी डेटा प्याक र १ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकमा पनि डबल डेटा भोलुम योजना अन्तर्गत ग्राहकले रु ४२ मा ८०० एमबी डेटा भोलुम (४०० एमबी +४०० एमबी) तथा रु १८ मा ३०० एमबी (१५० एमबी +१५० एमबी) डेटाको फाइदा लिन सक्छन् । १ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजना अन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ । यसका साथै डेटा सापटी सेवा अन्तर्गत रु ४० मा ३०० एमबी डेटा खरिद गर्दा । 

२ बर्ष अगाडि

प्रतिक्रिया