आज नेप्सेमा चार ओटा कम्पनीको शेयर सूचीकृत

३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आइतवार चार ओटा कम्पनीको शेयर सूचीकृत भएको छ ।

आज नेपाल इन्भेष्टमेण्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस शेयर र गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

त्यसैगरी नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । साथै साना किसान लघुवित्तको २५ लाख ५७३ दशमलव ५६ कित्ता बोनस शेयर र पहिलाको १२ हजार ४४२ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

ती चार ओटै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया