थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या कति पुग्यो ?

२ बर्ष अगाडि

काठमाडौं-  नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा संक्रमित पुष्टि भएको छ । 

बितेको २४ घण्टामा १६ हजार ६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७ हजार ३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसअघि आइतबार ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ । 

यही अवधिमा थप २ हजार २१ जना निको भएका छन् । हालसम्म २ लाख ८६ हजार १५ जना निको भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया