मंगलबार नेप्सेमा झिनो अंंकको वृद्धि, कारोबार रकम ६ अर्ब माथि

२ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो दिन (मंगलबार) नेप्से परिसुचक झिनो अंकले बढेको छ । आज नेप्से सूचक १.९४ अंकले बढेर २६५४.६९ को बिन्दुमा पुगेको हो । 

आज कारोबारमा आएका २१३ कम्पनीको १ करोड ३० लाख १५ हजार १ सय ८३ कित्ता शेयर खरिद बिक्रि हुदाँ ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८ सय ११ रूपैयाँ बराबरको  कारोबार भएको छ । 

आज समता घरेलु लघुवित्त, महिला लघुवित्त, विशाल बजार कम्पनी लगायत ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

आज ट्रेडिङ, हाइड्रोपावर लगायत ६ ओटाको समुहगत सुचक बढेको छ भने बैंकिङ्, होटेल र पर्यटन लगायत ७ ओटाको समुहगत सुचक घटेको छ । सबैभन्दा बढि सुचक बढ्नेमा माईक्रो फाईनान्स क्षेत्रको २।५६ प्रतिशत रहेको छ भने घट्नेमा होटेल र पर्यटन क्षेत्रको १।०६ प्रतिशत रहेको छ ।

त्यस्तै आज एनसीसी बैंकको सर्वाधिक बढि २३ करोड ९ लाख, अरुण काबेली पावरको २१ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया