अरुण भ्यालीको  हकप्रद शेयरमा आवेदन दिने समय थप

२ बर्ष अगाडि

काठमाडौं,अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हकप्रदमा आवेदन दिने समय थप गर्ने निणर्य गरेको हो ।

कम्पनीले बैशाख ६ गते देखि एक सय रुपैयाँका दरले ५२ करोड ४१ लाख १९ हजार रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले हकप्रदमा आवेदन दिने समय एक साता थप गर्दै जेठ २ गते सम्म पुर्याएको हो । यस अघि बैशाख २६ गतेसम्म कम्पनीको हकप्रदमा आवेदन दिनु पर्ने थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया