पछिल्लो २४ घण्टामा कति जना भए संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या कति पुग्यो ?

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर २ हजार ७ सय ७ जना घर फर्किएका छन् । बिहीबार  विभिन्‍न जिल्लाबाट गरी २७ सय ७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै निको हुनेको संख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ । 

पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया