सारथी नेपाल लघुवित्तको संस्थापक शेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

२ बर्ष अगाडि

काठमाडौं, सारथी नेपाल लघुवित्तको संस्थापक शेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तको ४ हजार १५८.५० कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।  कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँमा यो सेयर बिक्री गरेको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 
 
यो सेयर खरिदका लागि कम्पनीका संस्थापकहरुले मात्र आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । 

२ बर्ष अगाडि

प्रतिक्रिया