जेफ बेजोसको कम्पनीको अन्तरिक्ष जाने तयारी, एक सिटको मूल्य कति ?

२ बर्ष अगाडि

अमेजनका सीइओ जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनले जुलाई २० देखि अन्तरिक्ष जाने तयारी गरिरहेको छ। कम्पनीले आफ्नो नयाँ शेफर्ड विमानको पहिलो उडानका लागि ६ सिटको लिलामी शुरु गर्दैछ ।

पहिलो उडान अन्तर्गत लिलामीमा यात्रुहरुलाई ११ मिनेटको यात्राकालागि एक सिट दिइनेछ र उनीहरुले विश्वबाट १०० किलोमिटर माथि अन्तरिक्षमा चार दिनको अनुभव प्राप्त गर्नेछन् ।

कम्पनीको न्यू शेफर्ड रकेट एण्ड क्याप्सूल कम्बो एकैसाथ ५ यात्रुहरु अन्तरिक्षमा लैजाने गरि डिजाईन गरिएको छ । यस क्याप्सूलमा लगाइएको ६ अब्जर्वेशन विंडो बोइंग ७४७ करिब तीन गुणा ठुलो हुनेछ ।

एलन मस्कको स्पेस एक्सप्लोरेशन टेक्नोलोजिज कर्पोरेशन र रिचर्ड ब्रनसनको भर्जिन ग्यालेक्टिक होल्डिंग्स इंक पनि अन्तरिक्ष यात्रीहरुलाई आकर्षित गर्न प्रतिस्पर्धामा रहेका छन् ।

बेजोसले अप्रिल १४ मा परीक्षण उडानपछि सामाजिक संजालमार्फत ब्लू ओरिजिनले छिट्टै नै यात्रुहरुलाई अन्तरिक्षमा लैजाने संकेत दिएका थिए । ब्लू ओरिजिनका निर्देशक एरियन कर्नेलले १५ रकेटको परीक्षण उडान र १६ क्याप्सूलको ल्याण्डिंगको निरिक्षणपछि अन्तरिक्षमा जानकालागि तयार भएको जानकारी दिएका थिए ।

यस क्याप्सूलको झ्यालबाट विश्व र अन्तरिक्षको दृश्यावलोकन गर्न सक्नेछन् । जुलाईमा यस उडानपछि कम्पनीले आउँदा दिनमा पनि अन्तरिक्ष यात्रा जारी राख्ने बताएको छ । यद्यपी यस यात्राको टिकटको वास्तविक मूल्यका बारेमा जानकारी दिइएको छैन । तर रोयटर्सका अनुसार अन्तरिक्ष उडानकालागि दुई लाख डलर तिर्नुपर्ने हुनसक्छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया