ताप्लेजुङमा ५८ जनाको कोरोना परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि

२ बर्ष अगाडि

ताप्लेजुङमा एकैदिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ताप्लेजुङको फुङ्लिङस्थित तोक्मेका  ४८ जनामा कोरोना पुष्टि भएको हो । ५८ जनाको कोरोना परीक्षण गरउदा ४८ जनामा संक्रमण देखिएपछि गाँउ नै सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । 

संक्रमित मध्ये  २४ महिला र २४ पुरुष रहेका छन्  ।  ताप्लेजुङमा बुधबार ३२ जना कोरोना संक्रमित थपिएका थिए । पिसिआर परीक्षणबाट देखिएका ९६ र एन्टिजेन परीक्षणबाट देखिएका १० गरी अहिले ताप्लेजुङमा १ सय ६ जना संक्रमित पुगेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया