कोभिसिल्ड खरिद बारे प्रकाशित समाचारहरुमा सत्यता नभएको स्वास्थ्य मन्त्रालयको भनाइ (विज्ञप्ती सहित )

२ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले कोभिसिल्ड खोप खरिद बारे प्रकाशित  समाचारहरुमा सत्यता नभएको बताएको छ । 

मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै  कोभिसिल्ड खोप खरिद बारे प्रकाशित समाचारहरूको संदर्भमा स्वास्थ्य गम्भीर ध्यानाकर्षण  समेत भएको बताएको हो । 

कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैले निर्णय गर्ने भएकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरि आएका समाचार हरुमा सत्यता नरहेको बताएको हो । 

विज्ञप्ती 
कोभिसिल्ड खोप खरिद बारे समाचारहरूको संदर्भमा स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ, अहिलेको विषम परिस्थितिमा संसार नै कोभिड बिरुद्ध जुझिरहेको अवस्थामा खोप एउटा आशालाग्दो उपहारको रुपमा संसारलाई प्राप्त भएको छ । यस्तो बेला खोपको महत्व र यसको प्राप्तीका लागि विश्व जगत नै लागि परेको छ । समतामुलक तथा न्यायपूर्ण वितरणका लागि कोभ्याक्स फ्यासिलिटिबाट सबैलाई खोप पुर्याउन राष्ट्रसंघ पनि लागि परेको छ । यसै समय नेपालबाट पनि शिघ्रातीशिघ्र खोप प्राप्त गरि जिवनहरु बचाउन दक्षिण एशियामा भारत पछि नेपालले खोप अभियान शुरु गरेको थियो, यसै अभियानलाई थप विस्तृत बनाइ खोप खरिद गर्न औषधी व्यवस्था विभागको आपतकालिन प्रयोगका लागि अनुमति प्राप्त कोभिशिल्ड खोप २० लाख डोज ४ डलरमा खरिद गरिएको मध्ये १० लाख प्राप्त गरिसकिएको, जसमा बाँकि खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सेरम ईन्सटिच्युट ईन्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन । अन्य कम्पनीका खोप हरुले औषधि व्यवस्था विभागबाट स्वीकृति पाएको र पाउने क्रममा रहेको छ । नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कुटनैतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको छ । कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैले निर्णय गर्ने भएकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई संलग्न गरि आएका समाचार हरुमा सत्यता नरहेको समेत सर्वसाधारण मा जानकारी गराइन्छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया