पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि

२ बर्ष अगाडि

काठमाडौं– पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५० जनाको मृत्यु भएको छ । हालसम्म ३५ सय ७९ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

१९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया