काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमितको संख्या ३५ हजार नजिक, मृतकको संख्या कति ?

२ बर्ष अगाडि

काठमाडौं, काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३५ हजार नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ३४ हजार ६ सय २१ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, हालसम्म उपत्यकाका ३ जिल्लामा १ हजार २ हजार १४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

हाल काठमाडौंमा मात्रै २५ हजार बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म १ लाख १२ हजार ८ सय २ जना कोरोना संक्रमणमुक्त भइ घर फर्किएका छन् । भने हालसम्म ८१४ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । भने हालसम्म १ लाख ३९ हजार ५ सय ५६ जनामा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार भक्तपुरमा हालसम्म ३ हजार २ सय ५२ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै हालसम्म १३ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको र हालसम्म १६८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा ९ हजार ८ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैगरी, ललितपुरमा हालसम्म २३२ जनाको कोरोनाबाट मृत्यु, ५४ सय २९ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म १७ हजार ६ सय ३५ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै हालसम्म १३ हजार २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया