साताको शेयर :  २६ अंकले बढ्यो नेप्से, ३७ अर्ब बढीको कारोबार

२ बर्ष अगाडि

काठमाडौं, यो साता नेपाल स्टक एक्सचेन्ज ( नेप्से) परिसुचक २६.१३ अंकले बढेको छ । 

यो साता नेप्सेमा कारोबार पहिलो दिन आइतबार परिसुचक ५३.९९ अंकले बढेको थियो ।  दोस्रो दिन सोमबार भने परिसूचक १२.३४ अंकले घटेको थियो । यस्तै, मंगलबार करिब २ अंबले बढेको परिसुभक बुधबार ५.०९ र बिहीबार १२.४७ अंकले घटेको थियो ।

यो साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा २६११.११ बिन्दुमा रहेको नेप्से सूचक साताभरमा २६.१३ अंकले बढेर २६३७.१३ को बिन्दुमा पुगेको हो । 

यो नेप्सेमा २ सय भन्दा धेरै कम्पनीको शेयर खरिद बिक्री भएको छ । नेप्सेमा ३ लाख ९९ सय हजार १ सय १७ कारोबारबाट ३३ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बरावरको ७ करोड ५६ लाख ४ हजार ८ सय ८५ कित्ता शेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम गत साताको तुलनामा करिब ७ अर्बले धेरै हो । गत साता नेप्सेमा २७ अर्ब ३३ करोड रुपैयाँ बरावरको शेयर कारोबार भएको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया