भारतमा कोरोनाबाट अहिले सम्मकै उच्च मृत्यु, संक्रमित कति ?

२ बर्ष अगाडि

काठमाडौँ– दोस्रो लहरको सङ्क्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरसको संक्रमणबाटएकै दिन ४ हजार भन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।

कोरोनाको दोस्रो लहर चलेयता पहिलो पटक सङ्क्रमणबाट एकै दिन मृत्यु हुनेहरूको संख्या चार हजार नाघेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १९४ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार ९१८ वैशाखमा० कोरोना सङ्क्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । सङ्क्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ । भारतमा अहिले सम्म १ करोड ७९ लाख १७ हजार ८५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ३१ हजार २६१ छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया