कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी हुन थाले सङ्क्रमित

२ बर्ष अगाडि

काठमाडौं - जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । 

कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका जनस्वास्थ्य अधिकृत तिलाञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडिकल कलेजमा २२, पुरानो मेडिकल कलेजमा १९, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना रहेका छन् । 

यस्तै बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी ७ जना सङ्क्रमित भएको उनले जानकारी दिए । 

उनका अनुसार सङ्क्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले आइसोलेसनमा रहेका छन् । उनीहरु मध्ये कतिपय सन्चो भएर घर फर्की सकेका छन् । 

कार्यालयका अनुसार जिल्लामा कोरोना रोग नियन्त्रणमा खटिएका प्रहरी प्रमुख समेतलाई सङ्क्रमण देखिएको छ । 

जिल्लामा वैशाखमा मात्रै दुई हजार ८० जनामा सङ्क्रमण देखिएको छ जस मध्ये १७ जनाको मृत्यु भई सकेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

जिल्लामा हाल औसत दैनिक सात जना सङ्क्रमितको मृत्यु भएको  छ । ती मध्ये अधिकांश बाहिरी जिल्लाका छन् ।  

२ बर्ष अगाडि

प्रतिक्रिया