यो साता ६ कम्पनीको सेयर मूल्य नेप्सेमा सूचिकृत, कुनको कति कित्ता ?

२ बर्ष अगाडि

काठमाडौं - यो साता ६  कम्पनीको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत भएको छ । 

रु रु जलविद्युत परियोजना लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, समता लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य  सूचिकृत भएको हो । 

रु रु जलविद्युतको ४० लाख ७७ हजार ५५ कित्ता सूचिकृत भएको छ ।  त्यस्तै सिनर्जी पावरको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर,
समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभिँदा कायम हुन आएको २८ लाख ५६ हजार २ सय एक दशमलव ६० कित्ता सूचिकृत भएकोे छ । 

एनआरएन इन्फ्रास्ट्रक्चरको ३ लाख २२ हजार ८ सय १४ कित्ता बोनस सेयर, स्वाभिमान लघुवित्तको एक लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता बोनस सेयर र सूर्य लाइफ इन्स्योरेन्सको १० लाख ७७ हजार ५ सय ६९ कित्ता बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया