चितवनका ८६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

२ बर्ष अगाडि

चितवन जिल्लमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित हुन थालेका छन् । 

कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना संक्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । 

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडीकल कलेजमा २२, पुरानो मेडीकल कलेजमा १९, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना रहेका छन् । 

यस्तै, बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी ७ जना संक्रमित भएको उनले जानकारी दिए । 

उनका अनुसार संक्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले अइसोलेसनमा रहेका छन् । उनीहरु मध्ये कतिपय सन्चो भएर घर फर्की सकेका छन् । कार्यालयका अनुसार जिल्लामा कोरोना रोग नियन्त्रणमा खटिएका प्रहरी प्रमुखसमेतलाई संक्रमण देखिएको छ । 

जिल्लामा वैशाखमा मात्रै दुई हजार ८० जनामा संक्रमण देखिएको छ जसमध्ये १७ जनाको मृत्यु भई सकेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा हाल औसत दैनिक सात जना संक्रमितको मृत्यु भएको  छ । ती मध्ये अधिकांश बाहिरि जिल्लाका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया