बेलायतले नेपालमाथि लगायो प्रतिबन्ध !

२ बर्ष अगाडि

बेलायत सरकारले नेपाल माथि प्रतिबन्ध लगाएको छ । नयाँ भेरियण्ट सहित कोरोना संक्रमण बढ्न थालेपछि बेलायतले नेपालबाट आवत जावतमा प्रतिबन्ध लगाएको हो । 

बेलायती यातायात मन्त्री म्याट ह्यानककले शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालसहित टर्की र माल्दिभ्सलाई  रेड लिस्टमा राखिएको घोषणा गरेका हुन् ।

कोरोना संक्रमणको उच्च दर रहेका र नयाँ भेरियेन्ट देखिएका मुलुकहरुबाट भित्रिने यात्रुलाई विशेष निगरानीमा राख्ने प्रयासमा ल्याइएको ‘रेड लिष्ट’ मा नेपालसहित करिब ४५ वटा देश समावेश छन् ।

सरकारले अन्तराष्ट्रिय यात्राको लागि ट्राफिक लाइट प्रणालीका अनुसार देशहरूलाई ग्रिन, इम्बर र रेड लिस्टमा वर्गीकृत गरेको छ।

यसअघि भारत, कतार र टकीलाई बेलायतले उच्च जोखिम मुलकको सूचीमा राखेको थियो । जसले गर्दा नेपालसँगको हवाइ सम्पर्क पनि लगभग विच्छेद विन्दुमा पुगेको थियो ।

यसअघि जापान र मलेसियामा पनि नेपालीहरूलाई उच्च निगरानीमा राखिएको छ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया