पछिल्लो तीन दिनमा २६ हजार ९ सय बढीमा कोरोना, पशुपतिमा मात्र २९५ को दाहसंस्कार !

२ बर्ष अगाडि

नेपालमा दिनानुदिन कोरोना संक्रमण र मृत्युदरले रेकर्ड तोडिरहेको छ । पछिल्लो तिन दिनमा मात्र नेपालमा २६ हजार ९ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ दिनमा १६० भन्दा बढीको मृत्यु भएको छ । 

कोरोना संक्रमणका कारण हिजो (शुक्रवार) सम्म नेपालमा कुल ३ हजार ५ सय ७९ जनाको मृत्यु भइसकेको छ।

दैनिक मृत्युदर समेत सर्वाधिक वृद्धि भइरहँदा पछिल्लो एक सातामा २९५ जनाको शव पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृह तथा बाग्मती किनारमा शवको व्यवस्थापन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नेपाली सेनाको सहयोगमा पशुपति क्षेत्र विकास कोषले शव व्यवस्थापन गर्दै आएको छ ।एकै समयमा शवको चाप बढेका कारण वैकल्पिक स्थानसमेतको बन्दोबस्त गर्न लागेको कोषले जनाएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया