डिभिको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

२ बर्ष अगाडि

अमेरिकाको डाइभरसिटी भिषा डिभिको नतिजा सार्वजनिक भएको छ । आज राति ९ः१५  बजेबाट नतिजा हेर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । 

दूतावासले आज एक विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी गराएको हो । २०२२ का लागि खोलिएको डिभिको नजिता आज सार्वजनिक भएको हो । आवेदनको नतिजा  https://dvprogram.state.gov/ मा गएर   निशुल्क हेर्न सकिनेछ । 

नतिजा हेर्न आवेदन दिंदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ। छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ। 


 

२ बर्ष अगाडि

प्रतिक्रिया