२०२२ सम्ममा आफ्ना सबै नागरिकलाई कोरोनाविद्धको खोप लगाउदै श्रीलंका

२ बर्ष अगाडि

काठमाडौं - सन् २०२२ सम्ममा श्रीलंकाले आफ्ना सबै नागरिकलाई कोरोनाविद्धको खोप लगाइसक्ने जनाएको छ । सोही बमोजिम काम गरिरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।  

सैनिक कमाण्डर सवेन्दै सिल्भाले बुधबार एक कार्यक्रममा बोल्दै त्यहाँका सरकारले यस अनुसारको कामको तयारी गरिरहेको जानकारी दिएको छन् । 

श्रीलंकामा खोप लगाउने राष्ट्रिय कार्यक्रमको घोषणा गरिएको बताउँदे उनले देशव्यापी रुपमा नै खोप लगाउन थालिएको पनि जनाएका छन् । 

श्रीलंका सरकारले आफ्ना नागरिकलाई आवश्यक पर्ने खोपको खोजी गरिरहको र आवश्यकताका आधारमा प्राप्त गर्ने आश्वासन पनि दिएकोे बताइएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया