पछिल्लो २४ घण्टामा ३७४९ संक्रमित, ५९ जनाको मृत्यु

२ बर्ष अगाडि

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएका छन् । यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । 

यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ । 

यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया