मोडालिटी परिवर्तन गर्दै उपत्यकामा थप एक हप्ता निषेधाज्ञा, के खोल्न पाइने के नपाइने ?

२ बर्ष अगाडि

काठमाडौं, काठमाडौँ उपत्यकामा कोरोना संक्रमण रोकथामका लागि  जारी निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिने निर्णय भएको छ।

आइतबार  काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बसेको बैठकले असार छ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यसअघि जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म गरिएको थियो ।

एक हप्ता जारी यस निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ। निषेधाज्ञामा बिहान ११ बजेसम्म खाद्यान्न पसल  र पुस्तक पसल खोल्ने पाइनेछ।

यस्तै, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खुला हुनेछन्। अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।

२ बर्ष अगाडि

प्रतिक्रिया