प्रदेश १ प्रदेशसभाले नीति तथा कार्यक्रम पारित

२ बर्ष अगाडि

काठमाडौं– प्रदेश १ प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण बजेट ल्याउने बाटो खुला भएको छ ।

उपसभामुख सरस्वती पोखरेलले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिन् । सत्तारुढ एमाले ९खनाल–नेपाल० पक्षको साथ पाएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । योसँगै तत्कालका लागि सरकार अप्ठेरोमा पर्ने अवस्था टरेर गएको छ । 

प्रदेशसभामा सत्ताधारी दल एमालेको एकल सरकार रहेको छ । एमालेको ५१,९१८ खनाल–नेपाल०  काँग्रेसका २१, माओवादी केन्द्र १५, संघीय समाजवादीका ३ तथा राप्रपा र लोकतान्त्रिक मञ्चको एक–एक जना सांसद छन् । प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था  छ  ।

नीति तथा कार्यक्रम निर्णयार्थ बैठकमा पेस गर्नुअघि मुख्यमन्त्री शेरधन राईले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । प्रतिपक्ष दल जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले गर्नुभएको संशोधन प्रस्ताव फिर्ता लिएका छन् । विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्रका तर्फबाट नीति तथा कार्यक्रममाथि परेका संशोधन भने खारेजी भएको छ । बैठकमा निर्णयार्थ प्रस्तुत संशोधन बहुमतले अस्वीकृत गरेपछि खारेज भएको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया