निरन्तर ओरालो लाग्दै कोरोना संक्रमितको संख्या, मृतकको संख्या कति ?

२ बर्ष अगाडि

काठमाडौं - नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । विगत २४ घण्टामा थप दुई हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साथै तीन हजार ९९४ जना सङ्क्रमणबाट मुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख ९ हजार १८५ पुगेको छ । कोरोना  निको हुनेको सङ्ख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ ।

विगत २४ घण्टामा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कारोना  सङ्क्रमणबाट  मृत्यु  हुनेको सङ्ख्या  आठ  हजार ४१२  पुगको छ । नेपालमा  हालसम्म  ३२  लाख  १४  हजार ७२५ जनाको पीसीआर परीक्षण  गरिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले आइतबार सात हजार ५१७ जनाको पीसीआर र चार हजार ८८९  जनाको एन्टिजन विधिबाट  परीक्षण गरिएको जानकारी दिए । कुल  १२ हजार ४०६  जनाको परीक्षण गरिएको  मा  दुई  हजार ४०७ जनालाई  कोरोना पुष्टि भएको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया