भारतमा दैनिक हुने कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो, एकैदिन १ लाख १९ हजार बढि डिस्चार्ज

२ बर्ष अगाडि

एजेन्सी - भारतमा दैनिक पहिचान हुने संक्रमितको संख्यामा ह्वात्तै घटेको छ । आइतबार करिब ८० हजारमा संक्रमण पुष्टि हुँदा सोमबार ७० हजारमा संक्रमण देखिएको होे । 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७० हजार ४२१ जनामा संक्रमण देखिएको छ । ७२ दिनपछि पहिचान भएको यो सबै भन्दा कम संक्रमितको संख्या हो ।

यस्तै, १ लाख १९ हजार ५०१ जना संक्रमण मुक्त हुँदा भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ९ लाख ७३ हजार १५८ पुगेको छ ।

मृतकको संख्यामा भने कमी आएको छैन । संक्रमणका कारण थप ३ हजार ९२१ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा ३ लाख ७४ हजार ३०५ जनाको मृत्यु भइसकेको छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया