भेन्टिलेटरको अभाव,सङ्क्रमितहरु होम आइसोलेशनमै बस्न बाध्य

२ बर्ष अगाडि

सर्लाही, आइसियू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना सङ्क्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले उपचार अभावमा ज्यान गुमाउनुपरेको छ ।

कोरोना सङ्क्रमण र कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएका भए पनि आवश्यक भौतिक संरचना र भौतिक साधनको अभावमा उपचार नपाएका हुन् । स्वास्थ्य अवस्था खराब हुन थालेपछि अस्पतालले भेन्टिलेटर भएको अस्पतालमा लैजान सुझाव दिने गरेको छ । 

जिल्लामा कोरोना सङ्क्रमणको लक्षण देखिएका र सङ्क्रमणको आशङ्का गरिएका पनि होम आइसोलेशनमा रहेका छन् । आइसियु र भेन्टिलेटरको व्यवस्थापन भए गम्भीर बिरामीलाई जोगाउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जीव सिंहले बताए । उनले सङ्क्रमित अन्तिम अवस्थामा अस्पताल आउने गरेका सुनाए । 

जिल्ला अस्पतालमा ५० श्ययाको कोरोना अस्पताल निर्माण गरिए पनि कोरोना सङ्क्रमित जाँदैनन् । जिल्लाका अधिकांश कोरोना सङ्क्रमित होम आइसोलेशनमा बसिरहेका बताइएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया