कोरोना परीक्षण घट्नुको कारण के भन्छ स्वास्थ्य मन्त्रालय ?

२ बर्ष अगाडि

काठमाडौं - पछिल्ला दुई साता यता कोरोना भाइरसको संक्रमण परीक्षण कम हुँदै गएको छ । परीक्षण गरिएका नमुनाको तुलनामा संक्रमण पुष्टि हुने दर पनि कम हुँदै गएको छ । 

हिजो ७ हजार ५ सय १७ नमुना पीसीसीआर र ४ हजार ८ सय ८९ नमुना एन्टीजेन गरी कुल १२ हजार ४ सय ६ नमुनाको परीक्षण भएको थियो । यीमध्ये २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण र संक्रमितको अनुपात हेर्दा १९.४० प्रतिशत संक्रमण दर देखिएको छ ।

यसअघि अस्ति ९शुक्रबार० २३।३४ प्रतिशत संक्रमण दर देखिएको थियो । शुक्रबार कुल १४ हजार ४ सय ९४ नमुना परीक्षण गरिएको थियो । जसमध्ये ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसबाट नमुना परीक्षण संख्या बढ्दा संक्रमितको संख्या पनि बढ्दो र संक्रमण दर पनि बढ्दो देखिन्छ । यसरी हेर्दा पर्याप्त नमुना परीक्षण हुन नसकेको स्पष्ट देखिन्छ ।

यस बारे स्वास्थ्य मन्त्रालयले कन्ट्र्याक्ट ट्रासिंग पर्याप्त हुन नसक्नु, सामान्य लक्षणका संक्रमितले जाँच नै नगराउनु र यातायात एवं अन्य समस्याका कारण परीक्षण गराउनेको संख्या घटेको जनाएको छ ।  

यस्तै समुदायमा भएको एन्टीजेन परीक्षणको सबै रिपोर्ट समयमै प्राप्त नहुँदा समेत परीक्षणमा कमी देखिएको जनाएकोे छ । साथै धेरै नमुना परीक्षण हुने गरेका ल्याबहरुमा पनि स्वाबहरुको संख्या भने पछिल्ला दिनहरुमा घट्दै गइरहेको बताइएको छ ।

कुल संक्रमित संख्या घट्दै जादा परीक्षण गर्न जानेको संख्या पनि घटेको देखिन्छ र केही मानिस हिचकिचाहटका कारण समेत परीक्षण गर्न नजाँदा कुल परीक्षणमा कमी भइरहेको बताइएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया