गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत, सहुलियतपूर्ण ऋणको ब्यवस्था गर्ने

२ बर्ष अगाडि

काठमाडौं– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज प्रदेश सभा सञ्चालन भइरहेको पोखरा सभागृहमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

आर्थिक वर्ष २०७८÷०७९ को बजेट असार १ गते ल्याउनैपर्ने बाध्यकारी व्यवस्था भएकाले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकारले नीति तथा कार्यक्रम आजै प्रस्तुत गरेको हो ।

बजेटको प्राथमिकता र सिद्धान्त भने यसअघि नै निवर्तमान अर्थमन्त्री किरण गुरुङले संसदमा प्रस्तुत गरिसकेका थिए ।

प्रदेश प्रमुख पौडेलले प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्दै कोभिड नियन्त्रण, विभिन्न पूर्वाधार निर्माण, प्रदेशका विभिन्न जिल्लास्थित रहेका अस्पतालहरूको विशिष्टिकरण, विश्वविद्यालय निर्माण लगायतका कार्यक्रम रहेको बताइन् ।

उनले कृषिको उत्पादकत्व बढाउन चाक्ला बन्दी, विउ विजन,फलफूल उत्पादन वृद्धी गर्न आवश्यक योजना, माटोको परिक्षण लगायतका कार्यक्रम लागू गरिने बताइन् । उनले बाँझो जग्गामा खेती गर्नका लागि प्रोत्साहन, सिँचाइको ब्यवस्था, कृषि बिमा कार्यक्रम, बजारी करण र हावापानी अनुकूलको खेतिपातीलाई प्रोत्साहन गर्ने, कृषि एम्बुलेन्स संचालन गर्न स्थानिय तहसँग समन्वय गर्ने, चिस्यान केन्द्र निर्माण लगायतका कार्य गर्ने बताइन् ।

 उनले कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनका लागि आवस्यक सहयोग गर्ने बताइन् । उनले स्थानिय तहसँगको समन्वयमा प्रत्येक वडामा आवस्यक प्राविधि खटाउने,मत्स्यपालन प्रोत्साहन, गरिवको पहिचान गर्ने र जीवनस्तर उकास्नका लागि सहयोग गर्ने, गरिवी न्यूनिकरण गर्ने लगायत रहेको बताइन् ।

प्रदेश प्रमुख पौडेलले बेरोजगार लाइ रोजगार दिलाउन साना तथा मझौला उद्योग संचालन गर्न प्राथमिकता दिने,स्थानिय स्तरबाट उत्पादन हुने कच्चा पदार्थ र उत्पादनलाइ प्रोसाहन गर्ने, उद्योग खोल्न सहजीकारण गर्ने, स्वरोजगारका लागि सहुलियतपूर्ण ऋणको ब्यवस्था गर्ने लगायत कार्य गर्ने बताइन् ।

गण्डकी प्रदेशलाई मुख्य पर्यटकीय राजधानी बनाउने कार्यलाई निरन्तरता दिने, होस्टेलाई पूर्वाधारयुक्त बनाइने, चक्रीय पदमार्ग र अन्य पदमार्गको खोजी गरिने, प्रदेश भित्रका प्रमुख पर्यटकीय गन्तव्यको भौतिक पूर्वाधार निर्माणको कार्य गर्ने, विभिन्न घाट र धार्मिक क्षेत्रलाई समेटेर पदमार्ग बनाउने उनले बताइन् ।

प्रदेशमा जल,खेल,स्वास्थ्य, धार्मिक लगायतका पर्यटनको विकास गर्ने,पोखरालाई प्रमुख शहरसँग जोडन हवाइ सेवा संचालन गर्ने, जैविक तथा पर्यटकीय पदमार्ग निर्माण गर्ने प्रमुख पौडेलले बताइन् । साहसिक पर्यटन सेवा विस्तार, कर्मचारीलाई भ्रमणमा प्रोत्साहन गर्न विदा कार्यक्रम संचालन गर्ने, वनपैदावार आधारित उद्योग खोलिने, औषधि जन्य जडीबुटी प्रशोधन केन्द्रको स्थापना गर्ने सरकारको योजना रहेको उनले बताइन् ।

गण्डकी प्रदेशको मुस्ताङमा कस्तूरी प्रजनन केन्द्रको स्थापना गर्ने, प्रदुषण नियन्त्रणका कार्य गर्ने,आयातित प्रतिष्ठानलाई प्राथमिकता दिइने,फेवाताल लगायतका तालको गुरुयोजना निर्माण, गिट्टीवालुवाको उत्खनन गर्ने योजना रहेको उनले बताइन् ।

त्यसैगरी प्रदेशका सवै स्थानिय तहका केन्द्र जोडने सडक २ बर्ष भित्र निर्माण गर्ने, प्रदेशमा लाइलाइन सडक निर्माणको कार्यलाई निरन्तरता दिने, द्रुतमार्ग निर्माणलाई प्राथमिकता, सिद्धार्थ र पृथ्वी राजमार्गको स्तर बृद्धि गर्ने कार्यमा सहजीकरण गर्ने लगायतका कार्य अगाडी बढाइने उनले बताइन् ।

पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने, यातायात कार्यालयलाई ब्यवसिथत गरिने , प्रदेशमा सवै स्थानमा विद्युतीकरण, विद्युतका काठेपोल विस्तापन, नवीकरणीय उर्जालाई प्रोत्साहन गर्ने, सिंचाइ योजना संचालन, प्रदेशमा संचालित विभिन्न आयोजनाको निर्माणलाई द्रुत पार्ने,सरकारी कार्यालयलाई व्यवस्थित गरी सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराइने, सरकारी कार्यालयलाई विद्युतीय सेवा विस्तार गर्ने, साक्षरता अभियान चलाउने जस्ता कार्य गर्ने प्रदेश प्रमुखले बताइन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया