युनियन लाइफले आईपीओ  निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

सोमबार, १४ असार २०७८, ११ : ०९

काठमाडौं, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न असार १३ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि जेठ ९ गते बोर्डमा निवेदन दिएको थियो । 

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्तापूँजी हाल रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ ।  कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । 


 

सोमबार, १४ असार २०७८, ११ : ०९

प्रतिक्रिया