काठमाडौं, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने आर १५ गते भोलि (मंगलवार) अन्तिम दिन रहेको छ । लघुवित्तले गत असार ६ गतेदेखि संस्थापक शेयरमा लिलामीमा आएको थियो ।
नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक शेयर कम्पनीले लिलामीमा ल्याएको हो ।
प्रतिकित्ता न्यूनतम मूल्य रू. ७५० तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सकिनेछ । बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया